तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा-२’ घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायांकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् । विमलले ‘प्रेमपूजा’मार्फत नै अभिनयमा प्रवेश गरेका थिए ।
‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन् । पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन् ।