बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । भारतीय मिडियाका अनुसार चलचित्र ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले यसको पुष्टि गरेका हुन् । उनी आफैं यसको सिक्वेल लेखिरहेका छन् ।
प्रभु देवाको निर्देशनमा बनेको एक्शन-कमेडी राउडी राठौर जुन , २०१२ मा रिलिज भएको थियो। राउडी राठौर २००६ को तेलुगु चलचित्र विक्रमार्कुडुको रिमेक हो। तर सिक्वेलको कथा भने केवल हिन्दी भर्सनलाई मात्र हुनेछ ।
भारतीय मिडियाका अनुसार चलचित्रको सिक्वेलमा अघिल्लो सिरिजका अक्षय कुमार र सोनाक्षी सिन्हा नै दोहोरिनेछन् । दुवैको ‘शिवा’ र ‘पारो’ नै नाम हुनेछ, जुन अघिल्लो चलचित्रमा थियो । सिक्वेलको कथा भने अघिल्लो चलचित्रको अन्त्यबाट हुने छैन । किनकि सिक्वेलको कथा अलग हुनेछ । चलचित्रको छायांकन सन् २०२२ बाटै सुरु हुनेछ ।