नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट विक्री भएको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले महङ्गो रकममा चलचित्रको अष्ट्रेलिया राइट किनेको हो ।
आइतबार निर्देशक झरना थापा, ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीबीच सम्झौता भएको छ । चलचित्रको अष्ट्रेलियामा प्रदर्शन लगायतको सम्पूर्ण ब्यवस्थापन ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी( जिएम) ले गर्नेछन् ।
सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहाना संगै सलोन बस्नेत, दुर्गेश थापा,सुशान्त खत्रीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।