‘जी ले जरा’मा कट्रिनाको जोडी बन्दै विक्की?

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल एक महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएका हुन् । विवाहको केही दिनमै दुवैले आआफ्नो प्रोजेक्टमा काम गर्न थालेका छन्। विक्की आफ्नो चलचित्र छायांकनमा व्यस्त छन् । कट्रिनाको नयाँ चलचित्र ‘जी ले जरा’मा काम गर्दैछिन् । यो चलचित्रमा कट्रिनासँगै प्रियंका चोपडा र आलिया भट्टको पनि मुख्य भूमिका रहनेछ ।

भारतीय मिडिया अनुसार अभिनेता विक्की चलचित्रमा आफ्नी श्रीमती कट्रिनाको अपोजित मुख्य भूमिकामा अभिनय गर्न वार्तामा छन्। यो पहिलो पटक दर्शकले विवाहित जोडीलाई ठूलो पर्दामा सँगै देख्न पाउनेछन् ।

‘जी ले जरा’ एक रोड-ट्रिप चलचित्र हो र फरहान अख्तरले निर्देशन गर्दैछन् र जोया अख्तर र रीमा कागतीको सह-लेखन हुनेछ। यो चलचित्र प्रियंका ,कट्रिना र आलियाको पहिलो अनस्क्रिन प्रोजेक्ट सँगै हुनेछ।

Leave a Reply