आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । निर्माता सञ्जय लीला भन्साली निर्देशित यो चलचित्र अब फ्रेबअुरी २५ (फागुन १३) मा रिलिज हुनेछ ।
मल्टीस्टारर नेपाली चलचित्र ‘लप्पन छप्पन २’ पनि आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । तर, कोरोनाका कारण सरकारले सिनेमा हल बन्द गरेकाले फेरि चलचित्रको प्रदर्शन रोकिने सम्भावना बढेको छ । हुन त हल खुलेको अवस्थामा निर्माण टिमले निर्धारित मितिमा चलचित्र प्रदर्शन गर्ने बताएको छ तर फागुन १३ मा ‘गंगूबाई काठियावाडी’ प्रदर्शनमा आउने भएपछि ‘लप्पन छप्पन २’ को रिलिज पोस्टपोन्ड हुन सक्ने छ । चलचित्रको पोष्ट प्रोडक्सनको काम पनि पूरा नभएको बताईएको छ । मुकुन्द भट्ट निर्देशित यस चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतको अभिनय छ ।
कोरोना महामारीभन्दा अगाडि एकै मितिमा एकभन्दा बढी चलचित्र भिड्नु सामान्य थियो । तर विदेशी चलचित्रसँग भने नेपाली चलचित्र धेरै जसो भाग्ने गरेको छ । नेपाली चलचित्र आ-आफैं भिडेर बस्ला तर विदेशी चलचित्रसँग चाहिँ सकेसम्म टाढा रहन्छ ।