नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बरदान’ युट्युबमा रिलिज भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रले आत्महत्या, त्यसको रोकथामको विषय र पारिवारिक समस्यालाई प्रस्तुत गरेको छ । करिब २५ मिनेट लामो यो चलचित्रमा सामाजिक विषयवस्तुलाई राम्ररी चित्रण गरेको छ । ‘सम्बोधन’ पश्चात नम्रता र दयाहाङले दोस्रो पटक सहकार्य गरेका हुन् ।
गज्जबको टीभीबाट सार्वजनिक गरिएको यो चलचित्रमा नम्रता र दयाको साथमा लूनिभा तुलाधर, पुष्कर गुरुङ, प्रविण खतिवडा, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ । शुभ मिडिया होम प्रोडक्शनले प्रस्तुत गरेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत रहेको छ ।
चलचित्र हेर्नुहोस् :-