वर्षाले संजोगलाई दिइन् ‘ओखर घडी’ उपहार

नेपाली चलचित्र क्षेत्रको प्यारो र उदाहरणीय जोडी हुन् अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइराला । उनीहरुले ६ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् । तर, केहि समय अघि भने वर्षाको इन्स्टाग्राममा सञ्जोगसँगका अधिकांश तस्वीर हट्दा एकअर्कालाई हरेक पाइलामा साथ दिँदै आएका वर्षा र संजोकको सम्बन्धमा कतै चिसोपना आएको त होइन भन्ने अड्कल धेरैले लगाएका थिए। त्योबेला सञ्जोगको इन्स्टाग्राममा भने वर्षासँगका सबै तस्वीर थियो । तर, खासमा वर्षाले सञ्जोगसँग झगडा परेको बेलामा आफूले फोटो अर्काइभमा राखेकी थिइन् । वर्षा र सञ्जोग सामाजिक सञ्जालमा घुमघामका तस्वीरदेखि एकअर्कासँग थुप्रै तस्वीर शेयर गरिरहेका हुन्छन् । उनीहरुको ‘सन्सा’ नामक यूट्युब च्यानलमा भ्लगहरु पनि बनाइरहेका हुन्छन् ।

वर्षा र संजोकले ‘भ्यालेन्टाइन डे’को दिनमा नै विवाह गरेका थिए । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस आउन केहि दिन मात्रै बाँकी छ । विशेषगरी युवायुवतीले यसलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । यस दिन प्रेमी प्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । यसैक्रममा वर्षाले पनि आफ्नो भ्यालेन्टाइन अर्थात् आफ्नो श्रीमान सञ्जोगको लागि विशेष उपहार तय गरिसकेकी छन् । त्यो विशेष र उपयोगी उपहार हो, ‘ओखर घडी’। उक्त घडीमा सञ्जोगको नाम समेत खोपिएको छ ।

ओखर घडी पूर्णतया काठबाट बनेको हो । जापानिज मोडलमा निर्माण भएको यो घडीको नेपालमै एसेम्बल गरिएको हो । घडी बनाउँदा काटिएको रुखको भर्पाई गर्न कम्पनीले नयाँ विरुवा रोप्ने गर्दछ ।
तिहारमा ओखरको आफ्नै महत्व रहेको र दिदिबहिनीले दाजुभाईका लागि एक महत्वपूर्ण उपहारका रुपमा यसलाई प्रयोग गर्न सक्ने उदेश्यका साथ गत वर्ष तिहारको मौका पारी लामो समयको अध्ययनपछि ओखरको काठबाट बनेको घडी नेपाली बजारमा भित्रिएको थियो ।

ओखर प्रडक्सनका उत्पादन विशेषगरी तिहार, नयाँ वर्ष, भ्यालेनटाइन्स डे र रक्षाबन्धनमा धेरै माग हुने गरेका छन् । सामान्यतया काठलाई गर्नुपर्ने स्याहार गर्दा पुग्ने हुनाले काठबाट बनेका सामग्रीहरू तुलनात्मक रुपमा किफायती हुन्छन् । अन्तर्राष्ट्रिय बजारमा यसको प्रयोग व्यापक भएता पनि नेपालमा भने यो नयाँ हो । पर्यावरणमैत्री उपभोग्य सामग्रीको प्रयोजन बढाउने उद्देश्यले ओखर प्रडक्सनको सुरुवात भएको हो ।

‘ओखर स्टोर’ कम्पनीले एक वर्षदेखि ओखरको काठले बनेका घडी, मोबाइल कभर, घडीको स्ट्राप, झुम्का, चश्मालगायतका सामग्री बजारमा बिक्री गरिरहेको छ । तपाईहरु पनि आफूले दिएको उपहार नौलो र आकर्षक होस् भन्ने चाहनुहुन्छ भने राम्रो, सदावहार र भावनात्मक हुने ओखर घडी रोज्न सक्नुहुनेछ ।

Leave a Reply