रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापासहित १४ जना महिलालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर चुनावमा नेत्री कुन्ति शाहीसँगको प्रतिष्पर्धामा थापा राप्रपाको महामन्त्री पदमा पराजित भएकी थिइन् ।

थापालाई तेस्रो बरियतामा राखिएको बताईएको छ । मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौँ, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौँ, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँ रहेका छन् । यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

Leave a Reply