अक्षय कुमारले पान मसाला ब्राण्डको विज्ञापन गरेकोमा मागे माफी

बलिउड अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा विमल इलाइचीको विज्ञापनमा देखा परेकोमा ट्रोल गरेपछि प्रशंसक र शुभचिन्तकहरूसँग माफी मागेका छन्।

हालै मात्र अक्षयले गुटका-पान मसला कम्पनी ‘विमल’को विज्ञापन गरेपछि उनको ट्रोल बनेको हो । शाहरुख खान र अजय देवगणका साथमा उनले विमल कम्पनीको इलायची ब्राण्डको विज्ञापन गरेका छन् । यो विज्ञापनमा अक्षय देखिएसँगै प्रशसंकहरु रुष्ट बनेका छन् । उनीहरुले अक्षयका पुराना पोस्ट र भिडियो क्लिपहरु सेयर गर्दै आलोचना गरिरहेका छन् । धेरै जसो प्रशसंकहरु भने कि फिटनेसका लागि परिचित अक्षय कुमारले अनिवार्य रूपमा गुटका ब्रान्डको स्वामित्वमा रहेको उत्पादनलाई समर्थन गरेका छन्।

प्रशसंकहरुको यस्तो आक्रोशपछि अक्षयले माफी मागेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखेका छन्, ‘म माफी चाहन्छु, मेरा प्रशंसक र शुभचिन्तकसँग । केही दिनयता तपाईंहरुको प्रतिक्रियाले मलाई धेरै प्रभावित बनायो । मैले सूर्तीजन्य पदार्थको कहिल्यै प्रचार गरिनँ, न अब कहिले गर्नेछु । म विमल इलायची कम्पनीसँग सामेल भएपछि आएका तपाईं सबैको भावनाको सम्मान गर्छु । विनम्रताका साथ म यसबाट पछि हट्छु ।’

अक्षयले विमल कम्पनीबाट प्राप्त पारिश्रमिकलाई कुनै सामाजिक कार्यमा दान गर्ने समेत बताएका छन् । ब्राण्डसँगको सम्झौताका कारण विज्ञापन सार्वजनिक भइसकेकाले त्यसअनुसार कार्य गर्नुपर्ने बाध्यता भएपनि अब सूर्तीजन्य कुनै पनि सामग्रीलाई आफूले प्रवद्र्धन नगर्ने उनले स्पष्ट पारेका छन् ।

Leave a Reply