कलाकार किरण केसीलाई धेरैले ‘राता मकै’ बाट चिन्छन् । उनका निकटहरूलेउनलाई ‘भैया’ भन्छन् । उनका टोलवासीभने उनलाई समाजसेवीकारूपमा चिन्छन् । तर, केसीको अर्काे पाटो पनि छ, जो उनलाई मात्रै थाहा छ । टेलिसिरियलमा देखिने उटपट्याङ रातामकै सानो छँदा वास्तवमा त्यस्तै थिए । रातामकैका केही उटपट्याङ किस्साहरु :
घरमा फट्याइँ, टोलमा सेवा
टोल (ललितपुरको इमाडोल)मा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । रिहर्सलका लागि बत्ती, टेपरेकर्ड इत्यादिको जोहो गर्न मुस्किल पथ्र्याे । म घरको बत्तीको चिम उडाएर त्यो ठाउँमा लगिदिन्थेँ । टेपरेकर्डको पनि टोलासीलाई कहिल्यै अभावभएन । घरबाट लिन नदिएको अवस्थामा पनि म कुनै न कुनै उपाय लगाएर सामानको व्यवस्थागर्थें । कतिदिन त कार्यक्रममाभागलिने सबैलाई खाजाबनाएर लगिदिन्थेँ । घरमात्यो फट्याइँभए पनि समाजका मान्छे मेरो कर्मबाट खुशीथिए ।
साथीका लुगा गायब
उटपट्याङ खुबगर्नुपथ्र्याे मलाई । साथीहरूलाई पौडी खेल्न जानउक्साउँथेँ । आफू अलिअलि खेल्थेँ । त्यसपछिगएर सबैका लुगालुकाएर हिँडिदिन्थेँ । पाँच-सात घण्टासम्म डुलेर आउँदा त साथीहरूको हालत खराबभइसकेको हुन्थ्यो । लुगाफुकालेर नाङ्गै पौडी खेल्ने भएकाले पानीबाट बाहिर निस्किनै मिल्दैनथ्यो । पछि त मसँगपौडी खेल्न जान साथीहरूहिच्किचाउनथाले ।
साहूजीलाई चुना
सानुकाजीमहर्जन र म मिल्ने साथीथियौँ । खाजाखाएको पैसाकमै तिरिन्थ्यो । हामीजहिले पनिआफ्नो पेटभर्न चाहिने भन्दा डबल मगाउँथ्यौं, आधाखान्थ्यौँ । त्यसपछि उडिरहेका झिंगाहरू छोपेर खानामा राख्थ्यौँ । साहूजीलाई बोलाएर वान्ता गरेको नाटक गर्दै ‘हामीलाई मार्न खोज्या’भनी गाली गथ्र्याैं । त्यसपछि त्यहाँबाट टाप कस्थ्यौँ ।
पैसा फुत्काउनमाहिर
स्थानीयबासीले जग्गा बेच्नथालेका थिए । जग्गा बेचेर आएपछि टन्न रक्सी खाएर घर जान्थे । त्यस्ताबाट पैसा उम्काउने मसँग आइडिया थियो । एकदिन गणेशदाइले ४० लाखमाजग्गा बेचेको थाहापाएँ । उनी रक्सीखाएर घरतिर जाने बेला बाटोमा ढुकेर बसेँ । भनेँ, ‘दाइ,जग्गा बेच्नुभयो होइन?’उनले ‘बेचेँ’भनेपछि फेरि भनेँ, ‘मेरो पैसा दिन्नौ ?’उनले छक्क पर्दै सोधे, ‘केको पैसा ?’ मैले भने, ‘४० लाखहात परेपछि मेरा जाबो तीनहजार के सम्झिन्थ्यौ? भैगो, छाड्देऊ ।’ उनले सम्झिने कोसिस गरे, सकेनन् । ‘ठीकै छ नदेऊ तर अर्काको पैसा खाएर मर्दा पाप लाग्छ भन्नेचाहिँबुझिराख’भन्दै बाटो लाग्नथालेको त ‘मैले बिर्सेछु’ भन्दै गणेश दाइले तीनहजार रुपैयाँदिएर हिँडे । पाँच सय रुपैयाँले साथीभाइलाई मस्त पार्टी दिन सकिने जमानाथियो ।
हाँडीमामासु पकाउँदा
यो कुरा त्यस्तै दुईवर्षअघिको हो। हामी एउटा कार्यक्रमकालागिविराटनगर जाँदै थियौँ । त्यहाँ राजारामकाधनी साथीथिए । उनलाईभोलिहामीआउने भएकाले पाँचकिलोका दरले खसी, कुखुरा र हाँसको मासु राखिराख्नभनियो । मलाईमासु नयाँतरिकाले पकाउने आइडिया फुर्यो । सायद कसैले मलाई भनेका थियो। मैले हाँडीमा मासु पकाएँ । मासु जति नै प्याजहालेर डेढ घण्टा पकाएँ ।सबै नयाँपकवानखानपाइने खुशीमाथिए ।
मासु पस्किएँ । हरिवंशआचार्य मासुको सोखिनथिए । उनले मुखबिगारे । मैले पनि खाएँ ।तीतोको हद ! केहीबोलिनँ । मदनदाइले मुखफोरे, ‘किरण,मासु त मीठो भएन जस्तो छ ।’ त्यसपछि त सबैले मलाई सराप्नु सरापे । मासु पकाएको हाँडी त वर्षाैं पुरानो रहेछ । घिउ, मह राख्ने गरेको तर कामनलागेर फालेका । काई बसेको घिउ र मह पग्लिएर मासुमा मिसिएपछि त्यस्तो भएको पछि थाहापाएँ ।