सुदर्शन र सुप्रिया आमा-बुबा बन्दै

निर्देशक तथा निर्माता सुदर्शन थापा र समाचार वाचिका सुप्रिया कटुवाल आमा-बुबा बन्ने भएका छन् । शुक्रवार साँझ फिल्म ‘सम्हालिन्छ कहिले मन’ हेर्न पुगेको समयमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सुप्रियाले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले पाँच महिनापछि खुसीको खबर सुन्न पाइने बताइन् ।

सुप्रिया र सुदर्शनले २०७८ सालको असोज २२ गते विवाह गरेका थिए । सुदर्शन निर्देशित नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ शुक्रवारबाट हलमा प्रदर्शनरत छ । सुप्रिया अहिले एपि वान टिभीमा समाचार वाचन गर्छिन् । उनले केही म्यूजिक भिडियोसँगै फिल्म ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् ।

Leave a Reply