नाजिरले ‘अगस्त्य’का लागि २५ किलो तौल बढाउँदै

अभिनेता नाजिर हुसेन चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’मा एक्सन भूमिकामा देखिनेछन् । ‘अगस्त्य’का लागि नाजिरले २० केजी तौल बढाउँदै छन् । आगामी बैशाखबाट छायांकन सुरु हुन लागेको चलचित्रका लागि यतिबेला उनले तौल बढाउन मिहिनेत गरिरहेका छन् । नाजिरले सोमबार फेसबुकमा जिममा कसरत गरिरहेको एक भिडियो पोस्ट गर्दै तौल बढाउन लागेको उल्लेख गरेका छन् ।

उनी क्याप्सनमा लेख्छन्, ‘गुलाबी चरित्रको लागि १५ केजी दुब्लाइथ्यो, अब ‘अगस्त्य’मा निशान चरित्रको लागि २० केजी मोटाइन्छ । मेरो दुवै क्यारेक्टर मेकिङको लागि साथ दिने कोच ग्रिस महर्जनलाई धेरै-धेरै धन्यवाद ।’ रोचक कुरा के छ भने यो फिल्ममा नाजिरले तौल बढाउनु पर्नेछ भने अभिनेता सौगात मल्लले भारी तौल घटाउनु पर्नेछ । सौरभ चौधरीले फिल्मको निर्देशन गर्दैछन् ।

Leave a Reply