अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’ छायांकन सुरु भएको छ । शुक्रबार (आज) जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजाआजा गरेपछि चलचित्रको छायांकन सुरु गरिएको हो । करिब २० दिनसम्म फिल्मको छायांकन जानकी मन्दिर आसपासमा हुनेछ । गत कृष्ण जन्माष्टमीमा जानकी मन्दिरमा छायांकन भएको टिजर सार्वजनिक गरिएको थियो ।
शुक्रबार उक्त क्षेत्रमा भागवत् र गीताको भूमिका निर्वाह गरिरहेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै फिल्मको छायांकन प्रारम्भ भएको हो ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापाले निर्माण गर्ने चलचित्रको प्रदर्शन मिति आगामी बैशाख १ गतेलाई घोषणा गरिएको छ । चलचित्रको छायांकन जनकपुर र मनाङमा गरिने छ । केहि समयअघि जनकपुरधाममा खिचिएको सुहाना फिचर्ड ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक भएको थियो।