सियोना बनिन् लिटल मिस एन्जल २०२४

लिटल मिस एन्जल २०२४ को उपाधि गोरखाकी १२ वर्षिया सियोना श्रेष्ठले जितेकी छन्। कलस ईभेन्ट्सद्धारा शनिबार राजधानीको जमलस्थित नेपाल साँस्कृतिक संस्थानमा आयोजित ग्रान्ड फिनाले मेरिडियन इन्टरनेसनल स्कूल कक्षा ७ मा अध्ययनरत सियोनाले ताज च्ुमेकी हुन्। शोका प्रमुख निणर्ायक रामेश्वर श्रेष्ठ टप ७ मा गरेको अन्तिम प्रश्न ग्लोबल वार्मिंङ कम गर्नका लागि तपाई को भूमिका कस्तो रहनेछ? भन्ने प्रश्नको उत्तरमा ग्लोबल वार्मिंङ कम गर्नका लागि घर मै उर्जा बचत गर्नु, हानिकारक तथा नकुहिने स्तुहरुको कम प्रयोग, पुन प्रयोग र मर्मतमा मेरो भूमिका रहने छ भन्ने उत्तरले सबैको ध्यान खिचेको थियो।विजेता बनेसंगै उनले दश हजार नगदका साथमा आकर्षक पुरस्कासहित सम्मानित भएकी थिईन्। प्रतियोगिताको फ्रस्ट रनर अप अन्नपुणर् माध्यमिक बिद्यालय ज्याठा कान्तिपथकी न्हुजला मानन्धर र सेकेन्ड रनर अप विसडम एकेडेमीकी सौन्दर्या अधिकारी बनिन्। उनीहरुले क्रमशः ८ हजार र ५ हजार नगदका साथमा विभिन्न आकर्षक पुरस्कार सहित ताज पहिरिएका थिए।

Leave a Reply