‘नरसिंहा’ मा नायक राज कटुवाल जोडिए

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ।एक्सन तथा सोसल ड्रामामा बन्ने यो चलचित्रका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्रमा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् ।कलाकाको बलियो लाइनअप तयार भएको चलचित्रमा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रबार अनुबन्धित भएका हुन् । उनी ‘नरसिंहाः अवतार’ मा जोडिएसँगै चलचित्रका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । निर्माणपक्षले यो चलचित्रमा यी सबै जना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा कुनै जानकारी खुलाइएको छैनन् ।

चलचित्रको एक मुख्य पात्रमा राजलाई अनुबन्धित गराएसँगै निर्देशक भट्टराईले यस चलचित्रबाट एक एउटा राम्रो नायकको जन्म हुने आशा व्यक्त गरे । कटुवालले यो चलचित्रमा जोडिन पाउँदा अत्यन्तै खुसी रहेको व्यक्त गरे । ‘आफूले काम गर्दै आएको क्षेत्रमा कुनै पनि चलचित्रमा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको । चलचित्र लागि गर्नु भएको विश्वास मैले पुरा गर्ने छु ।’यही चलचित्रबाट आठ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । धेरै समय पछि हमाल चलचित्रमा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो चलचित्र उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो चलचित्र प्रतीक्षित बन्ने निश्चित छ ।

यता, क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन् । उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन् ।यस्तै, निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए ।चलचित्र यही भदौको अन्तिम साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो चलचित्रको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।

Leave a Reply