‘कृष्ण लीला’मा पुष्प र दीपिकाको जोडी

दिपक वलीको निर्देशनमा चलचित्र ‘कृष्ण लिला’को निर्माण हुने भएको छ । बन्ने यो चलचित्रमा लक्ष्मण सुवेदीको लेखन छ । चलचित्र निर्माण घोषणासँगै मुख्य कलाकार पनि फाइनल भएका छन् । यस चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने बताइएको छ । साथमा चलचित्रमा वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रको छायांकन असोजको १५ गतेबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।चलचित्रको छायांकन इलामको साथमा तराइका विभिन्न जिल्लामा हुनेछ । लक्ष्मण सुवेदीको लेखन रहने चलचित्र रोमान्टिक सस्पेन्स कथामा बन्न लागेको वुझिएको छ । रोहित कट्टेलको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् ।

 

Leave a Reply