नेपालको पहिलो छायाँकार बैकुण्ठमान मास्केको कोरोना संक्रमणबाट निधन

नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको शुक्रबार निधन भएको छ । ८३ वर्षको उमेरमा मास्केको अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि कलेजोको बिरामी रहेका मास्केलाई कोरोना सङ्क्रमण भएको थियो । २०२१ सालमा भारतको पुणास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’ बाट छायाङ्कन यात्रा थालनी गरेका थिए ।

उनी फिचर फिल्म खिच्ने पहिलो छायांकार थिए । नेपाली चलचित्र ‘मनको बाँध’ को पूर्ण छायाङ्कन गरेका मास्केले २ दर्जन बढी चलचित्रमा काम गरेका छन् । उनलाई गतबर्ष चलचित्र निर्माता सङ्घले स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायाँकारको रूपमा सम्मान गरेको थियो ।

Leave a Reply