भारतको चर्चित टिभी सिरिज ‘क्राइम पेट्रोल’को नेपाली फ्रेन्चाइज ‘क्राइम पेट्रोल नेपाल’ माघ ५ बाट प्रसारण हुने भएको छ । हरेक हप्ताको बुधवार यस टिभी सिरिज ग्यालेक्सी फोके टेलिभिजनबाट प्रसारण हुँदैछ । ‘क्राइम पेट्रोल नेपाल’ मा कलाकार दीपक राज गिरी होस्टको रूपमा देखिने छन् ।
सिरिज विशाल सापकोटाले निर्देशन गरेका हुन् । ‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गरेको हो । सोनी टिभीमा प्रसारण भएको यो शृंखलाको केही भागसमेत लेखन गरेकी मल्लले ‘क्राइम पेट्रोल’मा लेखनको अलवा क्रिएटिभ प्रोडुसरको जिम्मेवारीसमेत निर्वाह गरेकी छन् । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रित ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमति लिएर नेपालमा पनि यो श्रृखंला निर्माण भएको हो ।