छोटो भिडियो बनाएर सजिलैसँग आफ्नो प्रतिभा देखाउने माध्यम हो , टिकटक। बच्चादेखि बुढोसम्म अझै युवापुस्ता माँझ त टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । अब त टिकटक मनोरन्जनको मात्र नभएर आम्दानीको श्रोत पनि बनिसकेको छ । आम मानिसहरु देखि कलाकारहरु पनि टिकटकमा व्यस्त हुन्छन् ।
यसैक्रममा चलचित्रबाहेक सामाजिक संजाल जस्तै यूट्युब, टिकटकबाट राम्रो आम्दानी गर्ने अभिनेत्रीहरुमध्य एक हुन्, वर्षा राउत । ‘सन्सा’ नामक यूट्युब च्यानलमा उनले श्रीमान संयोग कोइरालासँग भ्लगहरु बनाइरहेकी हुन्छिन् । वर्षाले दिनहुँ टिकटक भिडियो पनि बनाइरहेकी हुन्छिन् । उनी बेलाबेला टिकटक लाइभमा समेत बस्छिन् । पछिल्लो समय टिकटक लाइभ सेलिब्रेटीसँग अन्य धेरैका लागि पैसा आम्दानीको श्रोत बनेको छ । टिकटकमा उनको दश लाखभन्दा बढी फलोअर्स रहेको छ ।
टिकटक लाइभमा बस्दा विभिन्न व्यक्तिहरुले पठाउने गिफ्ट (चश्मा, फूल, प्लेन लगायत) डलर कमाउने तरिका हो । वर्षा लाइभमा आउँदा यस्ता गिफ्ट पठाउनेहरु धेरै हुन्छन् र कहिले काहिँ उनले आफ्ना फ्यानहरुलाई गिफ्ट पठाउन आग्रह पनि गर्ने गर्छिन् । जसका कारण ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमले उनलाई ‘भिखारी’ को उपाधि समेत दिइयो ।
‘भिखारी’ भनेर आलोचना भएपछि टिकटक लाइभमा नबसेकी वर्षाले बिहीवार एक कमेडी संवादमा टिकटक भिडियो बनाएकी छन् । वर्षाले उक्त टिकटक भिडियो आफ्नो एकाउन्टमा साझेदार गर्दै क्याप्सनमा लेखेकी छन्, ‘तर, म त टिकटकबाटै कमाउँछु नी ।’ टिकटक लाइभमा बसेर भिख मागेको भन्दै व्नथालेपछउनले आफैंप्रति व्यंग्य गर्दै टिकटकबाटै कमाउने गरेको बताएकी हुन् । कमेन्टमा धेरैले उनलाई ‘टिकटक लाइभमा आए चश्मा पठाइदिन्छु’ भन्दै मजाक पनि उडाएका छन् ।
https://www.tiktok.com/@barsharaut1/video/7057785191523224859?is_from_webapp=1&sender_device=pc&web_id7058162341151032834