२०७९ मा हुनेछ रुटिने दाई र रियाशाको विवाह?

पछिल्लो समयकी चर्चित र व्यस्त कलाकार हुन्, रियाशा दाहाल । कलेज नेपाल युट्युब च्यानलबाट प्रशारण हुने आजकलको लब बाट चर्चामा आएकी रियाशा यतिबेला करिअरको उचाइँमा छिन् । निकै कम समयमा एकपछि अर्को गर्दै आफ्नो दमदार प्रस्तुति दिएकी रियाशाले करिअर फर्केर हेर्नु परेको छैन । उनको अभिनयको दर्शकले सर्वाधिक प्रशंसा गर्ने गरेका छन् भने सुन्दरताको पनि चर्चा हुने गरेको छ ।

युवापुस्तामा राम्रो क्रेज बनाएकी रियाशाको अहिलेसम्म अभिनय र सुन्दरताको मात्र चर्चा भइरहेको थियो । तर अब भने उनको प्रेम सम्बन्ध र विवाहको पनि चर्चा चलेको छ । रियाशाका प्रेमी हुन् ‘रुटिने’ दाई । उनको वास्तविक नाम भिक्टर पौडेल हो । भिक्टर नेपालकै लोकप्रिय र प्रभावकारी सामाजिक सञ्जाल प्लेटफर्म ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजको संस्थापक हुन् । त्यो पेज लोकप्रिय भएपछि उनलाई सामाजिक सञ्जालमा ​‘रुटिने’ भन्न थालिएको हो ।

भलै, रियाशा र भिक्टरले खुलेरै प्रेम स्वीकार गरेका छैनन् तर प्रेम लुक्न पनि सकेको छैन । पछिल्लो समय उनीहरुको क्रियाकलापले प्रेम व्यक्त गरिरहेको छ । फेसबुकमा एकअर्काको तस्विरमा कमेन्ट गर्ने देखि एकअर्काको पुरानो फोटोलाई ट्रोल गर्दै पोस्ट गर्ने उनीहरु सामाजिक संजालमा निक्कै नजिकको व्यवहार देखाइरहेका हुन्छन् । रियाशाले भिक्टरसँग बनाउने टिकटक भिडियो ह रु त झन् उनीहरुको प्रेम चर्चामा सत्यता रहेको प्रष्ट्याउँछ । रियाशाले टिकटकमा भिक्टरसँगका रोमान्टिक तथा कमेडी भिडियोहरु सेयर गरिरहेकी हुन्छन् । धेरैले उनीहरुको जोडीलाई प्रशंसा समेत गरेका छन् ।

पछिल्ला केही दिनमा उनीहरुको निकटका साथीहरुले अब बिहेको पालो रियाशा र भिक्टरको भनेर जिस्काउदै सामाजिक संजालमा तस्विर राखेका छन् । श्रीमतीको हातमा श्रीमानको नाम लेखिनु कुनै नौलो कुरा होइन । तर भिक्टरले आफ्नो हातमा रियाशाको नाम लेखिदिएका छन् । अब रियाशा र भिक्टर साँच्चै प्रेम सम्बन्धमा छन् वा छैनन् र प्रेममा छन् भने विवाह कहिले गर्छन् ? त्यो भने पर्खाईको विषय बनेको छ ।

img src=”https://www.koribati.com/wp-content/uploads/2022/02/deea018b-10b0-47fd-9095-4a1c7d460eee-scaled.jpg” alt=”” width=”2560″ height=”1440″ class=”aligncenter size-full wp-image-9500″ />

Leave a Reply