‘बडे मिया चोटे मिया’ मा अक्षय र टाइगर पहिलो पटक एकसाथ देखिँदै

अक्षय कुमार र टाइगर श्राफ पहिलो पटक चलचित्रका लागि हात मिलाएका छन् । बलिउडका दुई एक्शन हिरोहरुले चलचित्र ‘बडे मियाँ छोटे मियाँ’ मा स्क्रिन सेयर गर्दैछन् । मंगलवार सार्वजनिक गरिएको चलचित्रको एक्सन प्याक्ड टिजरमा अक्षय र टाइगर दुवै प्रस्तुत छन् । चलचित्रमा अक्षय कुमार बडे मियाँ र टाइगर श्राफ छोटे मियाँको रोलमा देखिनेछन् ।

चलचित्रलाई ‘सुल्तान’ फेम्ड निर्देशक अली अब्बास जफरले निर्देशन गर्नेछन् । वाशु भागनानी र पूजा इन्टरटेरमेन्टको ब्यानरमा चलचित्र निर्माण हुनेछ । सन् २०२३ को क्रिसमसमा रिलिज हुने चलचित्रमा अमिताभ बच्चन र गोविन्दा स्टारर ‘बडे मियाँ छोटे मियाँ’ को टाइटल ट्रयाक पनि रहनेछ ।

Leave a Reply