निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’ बाट अभिनेत्री वर्षा राउत बाहिरिएकी छन् । निर्माण तिम्ले उनको ठाउँमा अर्की अभिनेत्री भित्र्याउने तयारी गरेको छ । चलचित्रको केही प्रतिशत छायांकन गरिसकेकी अभिनेत्री राउतले आफ्नो अर्को प्रोजेक्टसँग सो चलचित्रको छायांकन तालिका जुधेपछि छाड्ने निर्णय गरेकी हुन् । केहि दिन अहि मात्र पनि चलचित्रको केही प्रतिशत छायांकन गरिसकेका अभिनेता पल शाह जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा भएकाले उनको ठाउँमा निर्माण टिमले सौगात मल्ललाई अनुबन्धित गरेका थिए।
चलचित्र आगामी कात्तिक ४ गते तिहारको अवसरमा प्रदर्शन हुने पनि तय भएको छ । चलचित्रको चैत दोश्रो साताबाट छायांकन सुरु हुने भएको छ । चलचित्रको फेरि सुरुबाटै छायांकन गर्न लागिएको हो । पहिलो चरणको कोरोना महामारीअघि पोखराको एक गाउँबाट चलचित्रको छायांकन भइरहेको थियो । त्यसबेला संक्रमण रोकथामका लागि सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा छायांकन नगर्न भनेपछि छायांकन रोकियो । कलाकार, पटकथा र निर्माताको हेरेफेर गरिएपछि चलचित्रको पुनः छायांकन गर्न लागिएको हो ।
चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।