यो शुक्रबारदेखि दुई नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन् । हेमराज बिसी निर्देशित ‘घामड शेरे’ र विनोद विष्ट निर्देशित ‘जीवन काँडा की फुल’ साताका फ्रेस रिलिज हुन् ।
दुई हप्ता अगाडि बलिउड चलचित्र ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सोज बाँडेपछि पोस्टपोन्ड भएको ‘घामड शेरे’ ले यसपटक उल्लेख्य सोज पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र चलचित्र लाई २९ सोज प्रदान गरेको छ । अन्य मल्टीप्लेक्समा पनि चलचित्र ले राम्रो सोज हात पारेको छ । त्यस्तै, चलचित्र ले देशभर ८० बढी हल पाएको निर्माण टिमले बताएको छ ।
हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । रियल लाइफ जोडी निश्चल-स्वस्तिमाले पूर्ण चलचित्रमा पहिलो पटक स्कि्रन सेयर गरेका हुन् । चलचित्रमा उनीहरुलाई साली भेनाको रुपमा चित्रण गरिएको छ । चलचित्रमा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । निश्चलको श्रीमतीको भूमिका सुष्मा निरौलाले निभाएकी छन् ।
यस्तै स्टारकास्ट नभएका कारण ‘जीवन काँडा कि फूल’ ले भने कुनै मल्टीप्लेक्समा एउटा पनि सोज पाएको छैन । दुई दर्जन बढी सिंगल थिएटरबाट चलचित्र प्रदर्शनमा आएको जानकारी प्राप्त छ । विनोद विष्ट निर्देशित चलचित्रले साहित्यकार झमक घिमिरेको बाल्यकालदेखि हालसम्मको अरोह-अवरोहलाई प्रस्तुत गरेको छ । यस चलचित्रले झमकको बाल्यकालदेखिको जीवन भोगाईलाई प्रस्तुत गरेको छ ।
झमकको बहिनीको बहिनीको भूमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायतको अभिनय रहेको छ ।