कोभिड महामारीको कारण अगिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसाक्याफे’यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको छ । अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।
सुरज सुवेदीको नाट्यरुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा हुन लागेको उक्त नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि फेरबदल भएको छ । अघिल्लो वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले खेल्ने सार्वजनिक भए पनि समयको कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् । दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदीआफैँले गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदैछन् । नाटक पटक पटक सरेकाले नयाँ नयाँ कलाकारहरूलाई जुटाउन समस्या भएको कास्टिक डिरेक्टर तथा सहनिर्देशक दिलिप रानाभाटले जानकारी दिए।
‘पल्पसाक्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यास मध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको थियो।सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।
उपन्यासका धेरै पात्रहरू स्पष्ट रुपमा लाखौँ मानिसको मनमा बसेकाले तीनको कथालाई नाटकमा लिएर जानुआफैँमा चुनौतीपूर्ण रहेको नाट्यरुपान्तरक सुरज सुवेदीले बताए । निर्देशक विमल सुवेदीले भने १५ वर्ष पछि उपन्यासतिर फर्किँदै त्यसले उ बेला उठाएका विषयहरूलाई वर्तमान समयमा उभिएर विवेचना गर्न लागिएको जानकारी दिए ।
भर्खरै ‘चिसोएष्ट्रे’फिल्मको प्रदर्शन सकाएकी सृष्टिले यसभन्दा पहिला पनि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरिसकेकी छन् भने ‘सान्दाजुको महाभारत’ ‘यार्मा’ ‘ह्याम्लेट’ ‘मालिनी’ जस्ता फरक डिजाइनका नाटक निर्देशन मार्फत आफूलाई चिनाएका विमल सुवेदी लगभग १ दशकपछि पुनःअभिनयमा फर्किँदैछन् । भारतको नयाँ दिल्लीस्थितनेसनलस्कुलअफड्रामामाडिजाइन र डिरेक्सनअध्ययनगर्नुभन्दापहिलाविमलअभिनय र मोडलिङमासक्रियथिए ।
नाटकमा सृष्टि र विमलकासाथमा दिपेश राई, संगीताथापा, पूर्णिमाआचार्य, बच्चुहिमांशु, सरगमराई, ङिमाशेर्पा, जेनीसुनुवार, चक्रपुलामी, श्रवणसिंहराना, लगायतका कलाकारहरूको अभिनय रहनेछ ।