अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मंगलवार नयाँ चलचित्र साइन गरेकी छन् । चलचित्र ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको ‘लन्डन टु पेरिस’ नामक चलचित्रमा उनी अनुबन्ध भएकी हुन् । एबी इन्टरनेसनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । यस चलचित्रलाई ट्राभल लभस्टोरी भनिएको छ ।
साम्राज्ञीले केही दिन अघि मात्र चलचित्र कपिल रिजालको ‘ह्यारीकी प्यारी’ छायांकन पूरा गरेकी छन् । यो चलचित्रमा उनको जोडी जीतु नेपालसँग बाँधिएको छ । ‘लन्डन टु पेरिस’ भने उनको जोडी खोजी भइरहेको निर्देशक लामिछानेको भनाई रहेको छ ।
‘लन्डन टु पेरिस’मा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी रहनेछ ।