दयाहाङ र विपिनको ‘के घर के डेरा’ लाई दीपेन्द्रले निर्देशन गर्ने

चलचित्र ‘के घर के डेरा’मा नयाँ निर्देशक भित्रिएका छन् । दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्रलाई यसअघि सुव्रतराज आचार्यले गर्ने भनिएको थियो । अब भने चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने छन् । सामाजिक विषयवस्तुमा बन्ने चलचित्रमका अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईको अभिनय रहनेछ । चलचित्रको वैशाख तेस्रो सातादेखि छायांकन सुरु हुने छ । ३५ दिनको सेड्युलमा चलचित्रको काठमाडौंमा मात्र छायांकन हुने छ ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा शरद श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा छन् भने चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा ‘स्माइल’को संगीत तथा गायन, डिपी खनालको गीत, उदयराज पौडेलको एरेञ्ज, गम्भिर बिस्टको कोरियोग्राफी रहनेछ । चलचित्रको पटकथा सफल केसी र प्रतिक गुरुङले मिलेर लेखेका छन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने सिंगे लामा कार्यकारी निर्मातामा छन् ।

Leave a Reply