नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को नयाँ बर्ष ०७९ को अबसर पारेर बिहिबार फस्र्ट लुक स्वरुप तीन फरक-फरक डिजाइनका पोस्टर सार्वजनीक गरिएको छ । सनमकुमार बैैराग निर्देशीत चलचित्रको प्रदर्शन मिति भने केही समयभित्रै तय गरिने छ ।
साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित चलचित्रको पटकथा र सम्वाद निर्देशक बैरागकै हो । सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको चलचित्र स्कटल्याण्डको क्रिफ,आवरफेल्दी,केनमोर,ओवन,किलिड्ग,ग्लास्कोलगायतका स्थानमा खिचिएको हो । चलचित्रमा बेलायती कलाकार माडिशन लाजारोश,क्यारी डुड्स,लरेन्स वेस्टवरी,फस्तासका साथमा सुवणर् थापा,सलिना थापामगर,कुनाल बिश्व,पृथ्वीराज खत्री,चरण प्रधान,मनिष श्रेष्ठ,प्रसुना कँडेल,सुस्मिता थापा,बिभिया श्रेष्ठ,बिजया श्रेष्ठ,कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् ।
बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदुतकै भूमिकामा अभिनीत चलचित्र कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ३५ प्रतिशत अग्रेजी भाषामा रहेको चलचित्र माया,प्रेम,पारिवारिक सम्बन्ध जस्ता सम्बेदनशील बिषयमा केन्द्रित रहेको जानकारी निर्देशक बैरागले दिएका छन् । रामेश्वर कार्कीले खिचेको चलचित्रको निर्मातामा हिराल जोशी,नानी हेरा,कैलाश बिश्वकर्मा र दील घले छन् ।
निर्देशक बैरागकै गीत,कबिराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन तथा बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको चलचित्र भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट,महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो । चलचित्रको बितरण आरआर फिल्मस्ले गर्दैछ ।