‘केजीएफ २’को बक्स अफिस कलेक्शन : हिन्दी भर्सनले दुई दिनमा कमायो सय करोड

साउथ सुपरस्टार यश स्टारर फिल्म केजीएफ च्याप्टर २ ले बक्स अफिसमा धमाका मचाएको छ । मात्र दुई दिनमा, केजीएफ च्याप्टर २ को हिन्दी-डब गरिएको भर्सनले बक्स अफिसमा १०० करोडको आँकडा पार गर्न सफल भएको छ।

हिन्दी भर्सनमा पहिलो दिन नै ५३ करोड ९५ लाखको सानदार ओपनिङ गरेको चलचित्र दोस्रो दिनको कमाई पनि बम्पर देखियो । दुई दिनको कमाईसँगै चलचित्र सय करोडमा सामेल भएको छ ।
दोस्रो दिन शुक्रवार ४६ करोड ७९ लाखको व्यापार गर्दै चलचित्रले हिन्दी भर्सनमा १ सय ७४ लाखको कमाई गर्न सफल भएको हो ।

चलचित्रको कमाईलाई ट्रेड एनालिस्ट तरण आदर्शले ‘सुनामी’ भनेका छन् । सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को हिन्दी भर्सनको लाइफटाइम कलेक्सन ४४ करोड ९ लाख मात्र थियो । ‘केजीएफ २’ले पहिलो दिन नै आफ्नै रेकर्ड ब्रेक गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, चलचित्रले ‘बाहुबली २’ र ‘दबंग’को व्यापारलाई पछ्याइरहेको छ । चलचित्रले चार दिनमा १ सय ८४ करोडको व्यापार गर्ने उनको अनुमान छ । फिल्मले भारतमा मात्र नभइ विश्वभर सानदार कमाई गरिरहेको छ ।

प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित चलचित्रमा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाश लगायतको अभिनय छ । चलचित्र कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज भएको हो ।

Leave a Reply