चलचित्र ‘परस्त्री’को सम्पूर्ण छायांकन सकिएको छ । शनिबार बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै चलचित्रको छायांकन सकिएको हो । चलचित्रको छायांकन ४० दिनमा सकिएको हो । मुस्ताङबाट सुरु भएको चलचित्रको छायांकन बाँकी काठमाडौंमा गरिएको हो ।
सुरज पाण्डेको निर्देशन रहेको चलचित्रमा निर्देशक दीपेन्द्र के खनालको लेखन तथा निर्माण रहेको छ । सुरजले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । एक विवाहित पुरुषको अफेयरको कथा वाचन गर्ने बताइएको चलचित्र आगामी कात्तिक ६ गते देशव्यापी प्रदर्शन हुनेछ । `परस्त्री´ लाई सुरजकी आमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुने चलचित्रलाई नीरज पाण्डेले खिचेका हुन्।