मिलन चाम्सले निर्देशन गर्ने चलचित्र ‘वर एण्ड वधु’मा अभिनेत्री साम्रात्री आरएल शाह भित्रिएकी छन् । निर्माण टिमले साम्राज्ञीसँग कागजी सम्झौता गरेका छन् ।
चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा, हिमेश पन्त लगायतको अभिनय रहने छ । चलचित्रमा विवेकको जोडी आँचलसँग बाँधिनेछ । कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् भने नव–नायक विवेक ‘वर’को। अब चलचित्रमा पहिलो पटक साम्राज्ञी र आँचल एकसाथ देखिनेछन् । एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको स्थानीय निर्वाचन पछि छायांकन सुरु हुनेछ।