सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै

चर्चित अभिनेत्री सुरक्षा पन्त फ्रान्समा हुने संसारको प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल २०२२’ मा सहभागी हुने भएकी छन्। उनी आजै पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् । आफू अभिनित चलचित्र ‘द एट माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी फेस्टिभलमा सहभागी हुँदै छिन् । मे १७ (आज) देखि सुरु भएर २८ तारिखमा सकिने फेस्टिभलमा आफू सहभागी हुन लागेको जानकारी सुरक्षाले सामाजिक सञ्जालमार्फत् दिएकी हुन् । चलचित्रको केही अंश नेपालको मनाङमा छायांकन गरिएको छ भने चलचित्रको प्रिमियर जेठ ४ गते कान्समा हुनेछ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘केही समयअघि एउटा अन्तर्राष्ट्रिय सिनेमामा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो । ‘द एट माउन्टेन्स’, जसको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त सिनेमा कान्स फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाएसँगै निमन्त्रणा आयो अनि मैले जाने तय गरेँ । सिनेमाको कान्समा प्रिमियर जेठ ४ गते हुनेछ । मसंग तितो मिठो अनुभव छ जुन कुनै दिन हजुरहरु माझ सुनाउँला, भोलि जाँदै छु। उताको यात्राको पनि मसंग बहुमुल्य अनुभव हुनेछन्। ’

Leave a Reply