गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको मंगलवार निर्माण घोषणाका साथै शुभ मुहूर्त गरियो । चलचित्रको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । चलचित्रमा उनीहरुको जोडी बाँधिएको छ ।
बुधबार काठमाडौँको धर्मस्थलीबाट चलचित्रको छायांकन पनि सुरु भएको छ । सौरपानी मिडिया प्रा.लिको ब्यानरमा बन्न लागेको चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको पनि अभिनय रहनेछ । करीब १५ दिन छायांकन सेड्युल रहेको चलचित्रमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहने छ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने गीति चलचित्र नेपालको पहिलो पटक संवादसहित गीति चलचित्र हुने छ ।