प्रदीप र दीयाको ‘प्रकाश’को टिजर सार्वजनिक

चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता प्रदिप खड्का र अभिनेत्री दिया मास्के फिचर्ड छन् । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदिप र दिया शशक्त भुमिकामा देखिएका छन् ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ ।

टिजरको पृष्ठभुमिमा बज्ने कर्णालिको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको यसअघि फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो । पोष्टर सार्वजनिक भएसँगै ‘प्रकाश’ले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको थियो ।

जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई टिपेको छ । चलचित्रमा प्रदिप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Leave a Reply