‘माग्ने राजा’ मा दीपक–दीपा र हेमराज बिसीको सहकार्य!

निर्देशक हेमराज बिसी र दीपकराज गिरी र दिपाश्री निरौलाको टिमले पहिलो पटक सहकार्य गर्न लागेका छन् । चलचित्रको वोर्किंग टाइटल ‘मग्ने राजा’ राखिएको छ । हेमराज बिसीको निर्देशन रहने चलचित्रको निर्माण पक्का भएको छ । नामले नै कौतुहलता जगाएको छ । चलचित्रलाई ‘छक्कापञ्जा’को चौथो सिक्वेल पनि भनिएको छ।

घामद शेरेको निर्देशनपछि मौन बसेका निर्देशक बिसी र दीपकदिपा टोलीको सहकार्य नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चाको विषय हो । अहिले निर्माता एवं अभिनेता गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् ।

Leave a Reply