गायिका इन्दिरा जोशी मंगलबार अर्थात् भोलि विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन् ।
उनले इन्स्टाग्राममा एउटा पोस्ट मार्फत विवाहको मिति सार्वजनिक गरेकी छिन् र विवाहबारे जानकारी दिँदै लेखेकी छिन्, ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ, हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । उनीहरुले मेहेन्दी र हल्दी उत्सव भने गरिसकेका छन् ।