‘प्रकाश’मा सीता बनेकी दीया भन्छिन् – नेपाली सिनेमामा अभिनेत्री हुन पाउनु यो सुन्दर समय हो!

अभिनेत्री दीया मास्केले नेपाली सिनेमामा अहिलेको समय अभिनेत्रीका लागि राम्रो समय भएको बताएकी छन् । हलो काधमा बोकेर गोरु धपाउदै गरेको चलचित्र ‘प्रकाश’ को पात्र पोष्टर सार्वजनिक गर्दै उनले चलचित्रमा आफ्नो सिताको भुमिका रहेको जानकारी दिएकी छन् । दीया भन्छिन्, “समय बदलिएको छ र पछिल्लो चलचित्रमा एक पछि अर्को सक्तिको भूमिकाबाट चलचित्रलाई नै धान्ने पाण्डेला महिला पात्रहरू लाई फिल्म आख्यानमा स्थापित गर्नका लागि थिल्लुनु भयो। छु । यसरी नै मन नै भन्न मन लाग्छ ‘नेपाली सिनेमामा अभिनेत्री हुन पाउनु यो सुन्दर समय हो।’

उनी अगाडि लेख्छिन्, चलचित्रमा साहित्य चेत बढे संगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ। महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, ‘चलचित्र न्यारेटिभ’को अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो प्रकाश चलचित्रको प्रतिनिधि पात्र ‘सिता’। दिया बाट सीता बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु,रहनसहन सङ्ग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महशुस भएन । गरिरहेको काम प्रती इमान्दार नहुनु भनेको पात्रलाइ गिज्याउनु हो भन्ने मलाई लाग्छ। आज प्रकाशको पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महशुस गर्दैछु, यो सिताप्रतिको मेरो लगाव र गर्व दुवै हो। कथा छनौट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिलेकाहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतीत हुन्छ। हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ। प्रकाश को टिज़र हेरेर मलाई धेरै ले मिठो प्रतिक्रिया दिनु भएको छ। सिनेमामा आफ्नो काम लाई लिएर अहिले बोल्नु अलि हतारो होला।

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको यसअघि सार्वजनिक पोष्टर र टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको छ। चलचित्रमा अभिनेता प्रदिप खड्का प्रकाशको भूमिकामा देखिँदै छन् ।दिनेश राउतको निर्देशनमा निर्माण भएको चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ ।

जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई टिपेको छ । चलचित्रमा प्रदिप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply