‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टरमा निराश देखिएकी सृष्टि

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को २ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टरमध्य एक पोस्टरमा चलचित्रको सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ र दिव्य देव पन्तलाई देख्न सकिन्छ । सौगात ड्राइभर र दयाहाङ डिएसपीको चरित्रमा प्रस्तुत छन् । यसअघि सार्वजनिक चलचित्रको कन्टेन्टमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्रै स्थान दिने गरिएकको थियो । त्यस्तै, दोस्रो पोस्टरमा सृष्टि श्रेष्ठ मात्र फिचर छिन् । एक सार्वजनिक गाडीमा सवार उनी निराश मुद्रामा देखिएकी छन् ।

चलचित्रको रिलिज नजिकिएसँगै चलचित्रमा अभिनित सम्पुर्ण कलाकारलाई समावेश गरेर पोस्टर सार्वजनिक गरिएको निर्देशक थापाले बताए । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले दर्शकमाझ कौतुहलत पैदा यसअघि सार्वजनिक कन्टेन्टले गरिसकेको दाबी निर्माण पक्षको छ ।

चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । चलचित्रमा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

Leave a Reply