‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ चलचित्रमा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । चलचित्रका लागि बिहीबार दिउँसो यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ । नाम तय हुन बाँकी रहेको चलचित्रको मुख्य भूमिकामा अभिनेता कार्की भित्रिएका हुन्।
‘कबड्डी’ सिरिजलाई अन्त्य गर्दै ‘कबड्डी ४’मार्फत् नयाँ चलचित्र ‘मास्टर बमकाजी’को निर्माण घोषणा गरेका थिए । तर, यो चलचित्रभन्दा अगाडि निर्देशक गुरुङले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् ।
विपिनले हाल चलचित्र ‘के घर के डेरा’को केहि प्रतिशत छायांकन सकेका छन् । अब यसपछि उनी बलिउड चलचित्र ‘एनिमल’का लागि मुम्बई जाँदै छन् । भारतबाट फर्किएपछि चलचित्र ‘प्रसाद २’को छायांकन सकेर उनले रामबाबु गुरुङको चलचित्रलाई समय दिने जानकारीमा छ ।