अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीचको प्रेम सम्बन्धको चर्चा चलेको लामो समय भइसकेको छ । उनीहरुलाई नजिकबाट चिन्नेहरु नीता र हरिहरको प्रेमबारे जानकार छन्। केही वर्षदेखि संगै रहेर काम गरिरहेका नीता र हरिहरले खुलेर प्रेम सम्बन्ध स्वीकार भने गरेका थिएनन्। तर अब भने अन्तत नीता र हरिहरबीच आगामी शुक्रबार विवाह हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् ।
सार्वजनिक भएको विवाहको कार्ड अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।