साम्राज्ञी र गरिमा ‘लण्डन टु पेरिस’को छायांकनका लागि दुई हिरोसँग बेलायत उडे

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार चलचित्र ‘लण्डन टु पेरिस’को छायांकनको लागि बेलायतप्रस्थान गरेका छन् । उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि बेलायत उडेका हुन् ।

चलचित्र ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई ट्राभल लभस्टोरी भनिएको छ । आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने चलचित्रको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ ।

एबी इन्टरनेसनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । चलचित्रमा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी रहनेछ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

टिकटकबाट हुँदै म्यूजिक भिडियोमा व्यस्त रहेकी गरिमाले ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । त्यस्तै, यही चलचित्रबाट निश्चल पनि नायकको रुपमा डेब्यू गर्न लागेका हुन् ।

Leave a Reply