अस्मिता र महेशसँगै मुक्ति एण्ड रिभाइभल ब्याण्डले अस्ट्रेलियामा कन्सर्ट गर्ने

गायिका अस्मिता अधिकारी र महेश काफ्ले अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएका छन् । यो सांगीतिक टुरमा संगै चर्चित ब्याण्ड मुक्ति एण्ड रिभाइभलले पनि सांगीतिक प्रस्तुति दिने छन् ।

अस्ट्रेलिया म्युजिकल टुरको लागि अस्मिता र महेश आज अस्ट्रेलियातर्फ प्रस्थान गरिसकेका छन् । त्यस्तै, मुक्ति एण्ड रिभाइभल ब्याण्ड भने हिजो नै अस्ट्रेलियाका लागि उडिसकेका छन् ।

नेपसिड्नी राइदर्सले आयोजना गरेको कन्सर्ट जुलाई ७ देखि जुलाई १८ सम्म आयोजना हुने छ । १० जुलाई २०२२ मा सिड्नीको शार्क होटलमा लाइभ प्रस्तुति हुनेछ। त्यस्तै जुलाई ७ मा क्यानबेरामा, जुलाई १५मा एडीलेडमा र जुलाई १८ मा ब्रिस्बेनमा लाइभ प्रस्तुति हुँदै छ ।

Leave a Reply