अनुप बराल निर्देशित ‘दोख’लाई १६ वर्षमुनिका दर्शकले हेर्न नमिल्ने

असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’लाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने भएका छन् । चलचित्र जाँच समितिले यो अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रलाई वयस्क श्रेणीको प्रमाणपत्र दिएको छ । सेन्सर बोर्डले चलचित्रलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो ।

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । चलचित्रका लागि मल्टिप्लेक्स हलले टिकट बुकिङ खुल्ला गरेको हो ।

माओवादी द्वन्द्ध कालको परिवेशमा निर्माण गरिएको चलचित्रलाई राजन कठेतले लेखेका हुन् । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फरक कथामा निर्माण भएको चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

Leave a Reply