सारा श्रीपाइली अभिनित ‘गुञ्जन’ पुस २९ मा प्रदर्शन हुने

अभिनेत्री सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति तय भएको छ । अष्ट महर्जनको निर्देशन रहेको चलचित्र आगामी पुस २९ गते प्रदर्शन हुने छ । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको चलचित्रलाई सांगीतिक प्रेमकथामा भनिएको छ । चलचित्रको छायांकन नेपाल र यूएईको दुबईमा गरिएको हो ।

विगत २ दशकदेखि चलचित्रको द्धोन्द निर्देशन गर्दै आएका अष्टको यो डेब्यु चलचित्र हो । विुशुुद्ध प्रेमकथाको बिषयमा बनेको चलचित्रमा सारासँगै प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । वितरण कम्पनी एफडी र जीजीए समूहले फिल्मको वितरण अधिकार खरिद गरेका छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्स समेत रहेको छ । राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रको काठमाडौ, पोखरा, जोमसोममा छायाँकन भएको छ ।

Leave a Reply