चलचित्र ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘लण्डन टू पेरिस’को छायांकन सुरु भएको छ । शुक्रवार लण्डनमा चलचित्रको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । चलचित्रका प्रमुख कलाकारहरु साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू चलचित्र हो ।
चलचित्रमा साम्राज्ञीले नव-नायक निश्चलसँग रोमान्स गर्नेछिन् । त्यस्तै, कबीरको जोडी चाहिं गरिमासँग बाँधिनेछ । एबी इन्टरनेसनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । यस चलचित्रलाई ट्राभल लभस्टोरी भनिएको छ । ‘लन्डन टु पेरिस’मा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी रहनेछ ।