‘प्रकाश’को कविता प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ ले कविता प्रतियोगिता गर्ने भएको छ । निर्माण टिमले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगिताको घोषणा गरेको छ । चलचित्रको मूल कथाअनुसार शिक्षकबारे कविता प्रतियोगिताको आयोजना गरेको हो ।

सहभागीता जनाउनका लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनु पर्नेछ भने बढीमा कक्षा १२ मा अध्ययनरत् विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले एक लाख र द्वितिय हुनेले ५० हजार नगद पुरस्कार जित्नेछन् । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको भिडियो लम्बाई १ देखि साढे एक मिनेटसम्म हुनु पर्नेछ । कविता प्रतियोगितामा भाग लिन चाहनेले कविताको भिडियो बनाएर prakshthefilm @gmail.com मा पठाउन सक्नेछन् । प्रतियोगितामा भाग लिने समय सीमा श्रावण २० गतेदेखि भाद्र २० गतेसम्म तोकिएको छ ।

टिजर र पोस्टरहरु सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्रमा चकलेटी अभिनेता प्रदीप खड्का पहिलो पटक फरक चरित्रमा प्रस्तुत भएका छन्। शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको चलचित्रमा मध्यम वर्गीय विभेदको कुरा पनि उठाइएको छ ।

जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई टिपेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । चलचित्रमा प्रदिपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Leave a Reply