मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भमिका रहेको चलचित्र आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
फागुन १९ मा सुरज पाण्डे निर्देशित चलचित्र ‘परस्त्री’ पनि प्रदर्शन हुँदैछ। रोमानियामा दुई साता लामो छायांकन गरेर निर्माण टिम केहि हप्ता अघि भर्खर नेपाल फर्केको थियो । ‘वर एन्ड वधु’मा अभिनेत्री साम्राज्ञी आरएल शाह अतिथी भूमिकामा देखिने छिन् । चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको पनि अभिनय छ ।
कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् भने विवेक ‘वर’को। प्रद्धीप भारद्धाजको कथा, पटकथा तथा संवाद लेखन रहेको चलचित्रमा सुदिप बरालको छायांकन रहेको छ । एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको नेपालमा केही प्रतिशत छायांकन गर्न बाँकी छ । चलचित्रको कार्यकारी निर्माता डा. अमित रिजाल हुन् भने जानुका थापाको पनि लगानी छ । अर्जुन जिसीले सम्पादन गर्ने चलचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।