आकाश-पूजाको ‘सम्हालिन्छ कहिले मन’ र केकी-आँचलको ‘झिँगेदाउ’ आजबाट प्रदर्शनमा

आजबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजाको निर्देशित चलचित्र ‘झिँगेदाउ’ एकसाथ प्रदर्शनमा आएका हुन्। यी दुवै फरक जनराका चलचित्र हुन् । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले मल्टीप्लेक्स हलमा समान शो पाएका छन् भने सिंगल थिएटर पनि बराबरी जस्तै नै छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा नायिका पूजा शर्माको साथमा नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यस सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् ।चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा छ । अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । त्रिकोणात्मक प्रेमकथामा यसअघि नै धेरै फिल्म बनिसकेको भएपनि यसको मेकिङ शैली अलग भएकाले दर्शकले भरपुर मनोरञ्जन लिन पाउने र फिल्मले उपदेश वा शिक्षा दिदैंन मनोरन्जन दिनेमा निर्देशक थापा विश्वस्त छन् ।

त्यस्तै, पारिवारिक कथा बोकेको ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमको मुख्य भूमिका छ । यो चलचित्रबाट कुशल विष्टले डेब्यू गर्दैछन् । चलचित्रमा केकी र आँचल जेठानी देवरानी र मुकुन र कुशल दाजुभाइको भूमिकामा छन् । चलचित्रमा केकी र आँचलले पहिलो पटक एकसाथ काम गरेका हुन् । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् ।

Leave a Reply