‘प्रेमगीत ३’ हिन्दी डब असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

दशैँको अवसरमा आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा समेत प्रदर्शन हुने भएको छ । नेपाली संस्करण प्रदर्शन हुने दिन नै हिन्दी डब पनि लाग्ने भएको हो । यसअघि नेपालमा हिन्दी डबलाई प्रदर्शन गर्ने वा नगर्नेबारे अन्योल थियो । चलचित्रको नेपाली र हिन्दी भर्सनमा टिजर, ट्रेलर र गीतहरु निकै चर्चामा छन् ।

यतिबेला निर्माण टिमले २ समुह भएर दर्शकको घर नजिक पुग्ने प्रयास गरिरहेका छन् । एउटा समुह हाम्रो मातृभूमि नेपालको प्रदेश,प्रदेश र दोस्रो समुह बजार खोतल्न भारतका विभिन्न सहरमा लागि परेका छन् । भारतमा प्रचारका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता तथा निर्देशक सन्तोष सेनले उतै छन् । नेपालमा प्रचारलाई तीव्र बनाउन चलचित्रका कलाकारहरु शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, गायक प्रताप दासलगायतले प्रचार गरिरहेका छन्। केही दिनमा प्रदीप, क्रिस्टिना र सन्तोषले पनि चलचित्रको नेपाल प्रचारमा जोडिने छन् ।

चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

Leave a Reply