‘पोइ पर्‍यो बुढो’ निर्देशन गर्दै दीपेन्द्र लामा, निर्मातामा दीपक मनाङे

२०७६ सालमा प्रदर्शन भएको चलचित्र ‘पोइ पर्‍यो काले’को सिक्वेल ‘पोइ पर्‍यो बुढो’ निर्माण हुँदैछ । किरण नेपालीले निर्माण गर्ने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘पोइ पर्‍यो काले’लाई शिशिर राणाले निर्देशन गरेका थिए जसमा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको मुख्य भूमिका थियो । सिक्वेलमा यी कलाकारहरु दोहोरिन सक्ने वा नसक्नेबारे निर्माण टिमले जानकारी दिएको छैन । यतिबेला चलचित्रको स्क्रिप्ट लेखनको काम भइरहेको छ । स्क्रिप्ट लेखन सकिएपछि मात्र कलाकार फाइनल गर्ने निर्माण टिमको तयारी रहेको छ ।

चलचित्रको निर्माताको रुपमा राजीव गुरुङ अर्थात् दीपक मनाङेको पनि प्रवेश भएको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको दीपेन्द्र निर्देशित चलचित्र ‘दुई नम्बरी’ले यतिबेला प्रदर्शनरत छ । मनाङेले यो चलचित्र पनि निर्माण गरेका हुन् । चलचित्र ‘दुई नम्बरी’पछि नेपाली,मनाङे र लामाबीच एकपटक फेरि सहकार्य हुन लागेको हो ।

Leave a Reply