नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण आयोजना हुने

यो वर्ष पनि नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सवमार्फत १३ युरोपेली र ३ नेपाली चलचित्र नेपाली दर्शकश्रोताहरूमाझ पस्किँदैछ । नेपाल युरोपियन युनियन चलचित्र महोत्सव अक्टोबर २८ देखि नोभेम्बर १ अर्थात् कार्तिक ११ देखि १५ गते सम्म चलचित्र विकास बोर्डमा हुनेछ भने त्यसपछि नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् ।

हाम्रा नयाँ र पुराना दर्शक श्रोताका लागि (गत वर्ष अनलाईनमा ६००० दर्शक सहभागी भएका थिए) एउटा सुखद समाचार के छ भने – यो वर्ष चलचित्र भौतिक र अनलाईन माध्यम गरी मिश्रित विधिबाट महोत्सव आयोजना गरिने छ । अक्टोबर २८ मा भौतिक कार्यक्रम सहित अनलाईन कार्यक्रम समेत सुरु हुनेछ जुन नोभेम्बर २८ सम्म उपलब्ध हुनेछ । अनलाईन चलचित्र महोत्सवमा नेपाली वृतचित्त गोर्खा गर्ल सहित आठ चलचित्र हुनेछन् ।

‘‘दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो्,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले भन्नुभयो ।

१३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुने छन् ।

चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको थियो । महोत्सवको सद्भावनादूत नायिका केकी अधिकारी हुनुहुन्छ । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाईने अन्य दुई नेपाली चलचित्रहरू हुन् ।

ओपनिङ्ग फिल्म ‘गड्स् अफ मोलेन्बीक’ रिता हुतानेनले निर्देशन गरेको वृत्रचित्त हो । यो चलचित्र ब्रसेल्स्को मोलेन्बीक ईलाकामा रहेका दुई छ वर्षीय बालकको अन्तक्र्रिया र कल्पनाको सेरोफेरोमा आधारित छ । चलचित्रमा उनीहरूले माकुराको आवाज सुन्छन्, ब्ल्याक होल पत्ता लगाउँछन् र आप्mनो पूर्खाको भूमिमा पु¥याउने भनिएको उड्ने गलैँचाको कमाण्ड कसले गर्ने भनेर बाझाबाझ गर्छन् । उनीहरू एउटै भवनमा बस्छन् तर पृथक दुनियाँबाट आएका हुन्छन् ।

उनीहरू मिलेर ठुल ठुला प्रश्नका उत्तर खोज्छन् । अमिनले मान्ने भगवान अल्लाह पहिले नै तय भैसकेकोले आतोसलाई पनि आफ्नै अर्कै भगवानको चाहे छ तर भगवानमा विश्वास गर्नेहरू पागल हुन् भन्ने उसको अर्को साथी फ्लोको भनाईले अवस्थालाई जटिल बनाउँछ ।

नजिकैको मेट्रो पार्कमा बम्ब विष्फोट भएसँगै वयस्कहरूको संसारमा रहेको खतराले बालबालिकाहरूको खेललाई अवरोध पुर्याउछ । बाटाभरी सैन्य ट्याङ्कहरू, हतियार बोकेका सिपाहीहरू र प्रहरीहरू देखिन्छन् । सुत्ने बेला भन्ने कथाहरूमा पनि हिंसाका चित्रहरू देखिन्छन् र मित्रताहरूलाई पनि परीक्षणमा राखिन्छ । एउटा अपेक्षित परिवर्तनले तिनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।

महोत्सवअन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ । २९ अक्टोबरमा नेपालको समय अनुसार अपरान्ह २ बजे आयोजना गरिने कार्यक्रममा चलचित्र निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ । यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले यो कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।

दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रिया ह्युगो मेज र रोशनी अधिकारी ले ३० अक्टोबरको नेपाली समय २ः०० बजे सञ्चालन गर्नुहुनेछ ।

तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात कार्तिक १५ गते अपरान्ह २:०० बजे सञ्चालन गर्नु हुनेछ । यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बिच सहयोग र सहकार्य सम्बन्धी हुनेछ ।

सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कणार्ली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरक्लास सञ्चालन गर्नु हुने छ । यो कार्यक्रम कार्तिक २२ गते का दिन सञ्चालन गरिने छ । महोत्सवअन्तर्गत दुवै भौतिक र अनलाईन मार्फत प्रदर्शित हुने चलचित्र निशुल्क हेर्न सकिने छ ।

Leave a Reply